२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

विद्यार्थीहरू कलेजले बढी शुल्क लिएको विरोधमा बसे रिले अनसनमा

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले शुल्क बृद्धिको विरोधमा काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ ।

बुधबार काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल पुगेर विद्यार्थी संगठनहरुले प्रदर्शन समेत गरेका छन् । केएमसीमा एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीहरू कलेजले बढी शुल्क लिएको विरोधमा रिले अनसनमा छन् ।

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुुलीले शुल्कका विषयमा एमबीबीएस विद्यार्थीको आन्दोलनप्रति समर्थन रहेको भन्दै जायज मागलाई तत्काल पूरा गर्नुपर्ने बताए ।

शैक्षिक माफियाकरण मेडिकल शिक्षामा भइरहेको भन्दै विद्यार्थी संगठन सदैव यसको विरोधमा रहेको उनको भनाइ छ । यसअघि विभिन्न ७ विद्यार्थी संगठनले विभिन्न मेडिकल कलेजका विद्यार्थीको आन्दोलनप्रति समर्थन गर्दै माग पूरा गर्न दबाब दिने निर्णय गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com