२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

राष्ट्रपति दिने भयो भनेर पनि अफवाह फैलाए, म पदका लागि आन्दोलन गर्ने मान्छे होइन : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा अन्तरघातलाई प्रश्रय दिन नहुने बताएका छन् । कांग्रेस तनहुँ क्षेत्र नं १ को आज डुम्रेमा आयोजित पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले पार्टीको १४औँ महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आइसकेकाले अब एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।

पार्टीको अधिवेशन सकिएको छ, हिजो जे जसरी चुनाव लडे पनि त्यो आन्तरिक चुनाव थियो, चुनावलाई लिएर अन्तरघातलाई प्रश्रय दिनुहुँदैन उनले भने, कांग्रेस एकढिक्का भएर आगामी आम निर्वाचनमा जानुपर्छ ।

वरिष्ठ नेता पौडेलले विगतका तीतामीठा अनुभवलाई बिर्सिएर प्रतिपक्षसँग एकजुट भएर लड्नुपर्ने विकल्प नभएको बताए । वरिष्ठ नेता पौडेलले आफू कहिल्यै पनि पदका लागि आन्दोलन नगरेको उल्लेख गर्दै भने, केपी ओलीविरुद्धको आन्दोलनको नेतृत्व गर्दै गर्दा मलाई प्रचण्डले राष्ट्रपति दिने भयो भनेर पनि अफवाह फैलाए, म पदका लागि आन्दोलन गर्ने मान्छे होइन ।

वरिष्ठ नेता पौडेलले जीवन रहेसम्म जनताको सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा केन्द्रीय सदस्य शङ्कर भण्डारी, गोविन्द भट्टराई लगायतले कांग्रेस एकढिक्का हुनुको विकल्प नभएको बताए । कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति श्याम मौरातीले पदस्थापन गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com