२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

चितवनमा टुंगियो गठबन्धनको भागबन्डा : भरतपुरमा कांग्रेसले २० वडा पाउने

चितवनमा टुंगियो गठबन्धनको भागबन्डा : भरतपुरमा कांग्रेसले २० वडा पाउने

जनसेवा न्युज डटकम संवाददाता

पाँच दलीय गठबन्धनले चितवनमा उम्मेदवारको भागबण्डा टुंग्याएको छ।

स्थानीय तहहरुको मेयर र उपमेयरको भागबण्डा टुंग्याएपछि वडामा तालमेल गर्न गठबन्धनलाई सकस भएको थियो।

नेपाली कांग्रेसका सचिव ध्रुव पोखरेलले सबै स्थानीय तहमा वडासम्मै भागबण्डा टुंगिएको बताए। भरतपुर महानगरपालिकामा २० वटा वडा नेपाली कांग्रेसले पाउने सहमती भएको पोखरेलले बताए।

माओवादी केन्द्रले ५ र नेकपा एकीकृत समाजवादीले ३ वटा वडा पाउने टुंगो लागेको छ। भरतपुरको वडा नम्बर २६ मा भने कांग्रेस र माओवादी दुवैले दाबी नछाडेका कारण यहाँ दुवै पार्टीका उम्मेदवार हुने सम्भावना छ।

भरतपुरका १, २, ३, ४, ५, ६, ७, ८, १०, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २७ र २९ नम्बर वडाहरु नेपाली कांग्रेसको भागमा परेको छ। माओवादीको भागमा ११, १३, २४, २५ र २८ नम्बर वडा परेका छन्।

एकीकृत समाजबादीले ९, १२ र २२ नम्बर वडा पाएको छ। सचिव पोखरेलले अब गठबन्धनका दलहरुले उम्मेदवार टुंगो लगाउने बताए।

गठबन्धनले भरतपुर, माडीको मेयरमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्नेछ। रत्ननगर, खैरहनी, कालिका र इच्छाकामनाको प्रमुखमा कांग्रेसले उम्मेदवार उठाउने सहमति भएको छ।

कालिका नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजबादीको उम्मेदवार हुने सहमति भएको छ। भरतपुरमा माओवादीले रेनु दाहाललाई मेयरको उम्मेदवार बनाउने निश्चित भएको छ।

अन्य तहमा मेयररउपमेयरका उम्मेदवार तय हुन सकेको छैन।

भरतपुरमा मेयर नपाएको भन्दै असन्तुष्ट कांग्रेसका नेता, कार्यकर्ताहरुले भने स्वतन्त्र उम्मेदवार खडा गर्ने तयारी गरिरहेका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com