२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Janasewa News

नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गयो : पूर्वमन्त्री गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले नेपालमा पत्रकारिताको निष्पक्षता गुम्दै गएको औँल्याएका छन् ।

बुधबार बनेपामा आयोजित प्रेस चौतारी नेपालको सातौँ अधिवेशनमा बोल्दै बास्कोटाले पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएको र ग्लानी लाग्न थालेको बताए ।

उनले नेपालको पात्रकारिताको इतिहास छिमेकी मुलुक भारतको भन्दा पुरानो रहेको दर्शाउँदै पत्रकारले निष्पक्षता गुमाउनु ठूलो अपराध भएको बताए ।

उनले भने, ‘छिमेकी मुलकु भारतभन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएको छ। ग्लानी हुन थालेको छ। अहिले नेपाली पत्रकारितामा निष्पक्षताको खाँचो छ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com