२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

भीम रावलको गृहजिल्ला अछाममा ओली पक्षका बोहरा बने अध्यक्ष

जनसेवा न्युज डटकम संवाददाता

नेकपा (एमाले) अछामको अध्यक्षमा चन्द्रबहादुर बोहरा वियजी भएका छन् । अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बोहोराले नेता भीम रावल पक्षका उम्मेदवार प्रकाशबहादुर शाहलाई पराजित गरेका हुन् ।

खसेको ७५० मतमा बोहराले ४३१ मत ल्याएर जित हात पार्दा शाहले ३०७ मत मात्र पाए । बोहरा शाह प्यानल नै बनाएर निर्वाचन प्रक्रियामा सहभागी भएका थिए । उपाध्यक्षमा शाह प्यानलका उपाध्यक्ष बलबहादुर कुँवर विजयी भएका छन् । सचिवमा पनि शाह पक्षकै भीमबहादुर रावल (कालोटोपी) विजयी भएका छन् ।

दुई उपसचिवको पदमा सात जनाको उम्मेदवारी परेकोमा बोहरा पक्षका डम्बर वीसी र शाह पक्षका प्रेम महर विजयी भएका छन् । निर्वाचनमा विजयी हुने पदाधिकारी मध्येमा संघीय निर्वाचन क्षेत्र १ मा एक उपसचिव बाहेक सबै क्षेत्र नं। २ का रहेका छन् । रावलको निर्वाचन क्षेत्र १ बाट एक जनामा मात्र पदाधिकारी निर्वाचित भएका छन् ।

भूगोल (स्थानीय तह), महिला, दलित, अल्पसं ख्यक, जनजाति र अपांगको मतगणना जारी रहेको निर्वाचन समितिले जानकारी दिएको छ । एमाले अछाममा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा पाँच पदाधिकारीसहित एकसय ५ जना निर्वाचित हुनेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com