२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

१० संक्रमितको मृत्यु मुलुकभर थप ५२१ जनामा कोरोना पुष्टि,

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ११५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ६ हजार ३७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय २७ जना र ४ हजार ७८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १० हजार ४७१ पुगेको छ । सोही अवधिमा ५६ हजार १२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा २२ हजार ५८४ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३९३५ जना कोरोना मुक्त भए, १० संक्रमितको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ३८ हजार ५८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ११५ जनाको परीक्षण हुँदा हालसम्म कुल ६३ लाख ५७ हजार ४३४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८९२ पुगेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com