२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

धादिङमा १६ जना संक्रमित थपिए

धादिङ । धादिङमा आज १६ जना कोरोना संक्रमितहरु थपिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । आज थपिएका संक्रमितमा धुनिबेसी नगरपालिकामा ८, गल्छी गाउपालिकामा ३, ज्वालामुखी गाउपालिकमा १ र निलकण्ठ नगरपालिकामा ४ गरेर गरी १६ रहेका छन् जसमा ११ पुरुष र ५ महिला छन् ।

यो सँगै धादिङमा सक्रिय केश ४२ पुगेको छ र सबै जना होम आइसोलेसनमा छन् । ६३ एण्टिजेन परिक्षण मध्ये १६ जनमा पोजिटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १५ हजार ८१ जनाको नमूना परीक्षण गर्दा ३ हजार ५५३ जनामा संक्रमण देखिएको छ ।

१० हजार ४९८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ९२२ जनामा र ४ हजार ५८३ जनाको एन्टिजन परीक्षण गर्दा ६३१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६१० पुगेको छ।

त्यस्तै, आज २७१ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपामला कोरोनामुक्त हुनेको संख्या ८ लाख १५ हजार ३४७ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर १४ हजार ३४० जना सक्रिय संक्रमित छन्। पछिल्ला दिनमा कोरोना संक्रमण बढिरहेको छ। हिजो बुधबार ३ हजार ७५ जनामा संक्रमण पुष्ट भएको थियो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com