तिन बुँदे सम्झौता कार्यावयन गराउन प्रवक्ता प्रकाण्ड र गृहमन्त्री खाँडबीच भेटवार्ता

काठमाडौँ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँडबीच बिहीबार भेटवार्ता भएको छ । भेटवार्तामा तत्कालिन ओली सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमतिलाई देउवा सरकारले कार्यान्वयन गर्ने प्रक्रियामा सरकारको तर्फबाट भए गरेको कामको बारेमा छलफल भएको बताइएको छ । उक्त भेटवार्तामा तीन बुँदे सहमतिलाई कार्यान्वयन गर्न छिट्टै सरकारका सम्बन्धीत निकायको संयुक्त बैठक आयोजना गरी समीक्षासहित कार्यान्वयनको मार्ग चित्र तयार पार्ने सहमति समेत भएको बताइएको छ ।
यसैगरी दुई नेताबीचको उक्त भेटवार्तामा देशको विद्यमान राजनीतिक लगायतका समस्याहरुको समाधानको बारेमा सकारात्मक दिशा प्रदान गर्ने विषयमा समेत गम्भीर छलफल भएको बताइएको छ ।
यसैगरी उक्त भेटवार्तामा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले कुमार पौडेलका हत्यारालाई कारबाहीको दायरामा ल्याउन सरकार र गृहमन्त्री बालकृष्ण खाँडलाई गम्भीर ध्यानाकर्षण समेत गराएको जानकारी गराएका छन् ।
प्रकाशित २०७८ पुष ३०