२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

नेकपा एमाले कालिकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे निर्वाचित

काठमाडौँ । नेकपा एमाले कालिकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे निर्वाचित भएका छन्। पाण्डे खाँडाचक्र नगरपालिकाका मेयर समेत रहेका छन्।

पाण्डेले आफ्ना प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई पराजित पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्। पाण्डेले ४३३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी रमेश शाहीले २९७ मत ल्याएर पराजित भए।

यस्तै उपाध्यक्षमा दयाराम सिम्खाडा निर्वाचित भएका छन्। उनले प्रतिद्वन्द्वी अलीबहादुर शाहीलाई पराजित गरेका हुन् भने सचिवमा टेकबहादुर बुढा, उपसचिवमा व्यासी तिरुवा र मनराज शाही विजयी भएका छन्।

शनिबार उद्घाटन भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा अध्यक्ष पदमै पाँचजनाको दाबी रहेपछि अन्ततः सहमतिमा दुईजना चुनावी मैदानमा आएका थिए।

एमाले छोडेर माधव नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादी पार्टी गठन भइसकेपछि केही मात्रामा कमजोर बनेको एमालेमा जिल्लाको नेतृत्व सर्वसहमतिमा छान्ने प्रयास भए पनि अन्तमा बिहीबार मतदान भएको हो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com