२०८१ कार्तिक २४ - Sat Nov, 2024 -

Janasewa News

जनकपुरमा लम्ब्याइयो निषेधज्ञा

धनुषाको जनकपुरधाममा दुई समुदायबीच अझै सहमति को विन्दुमा पुग्न सकेको छैन त्यस विवादलाई लिएर लगाइएको निषेधाज्ञाको समयलाई बढाइएको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले आज जनकपुरधाम उपमहानगरपालिका–२० मा लगाइएको निषेधाज्ञालाई मङ्गलबार राति १० बजेसम्मको लागि बढाउने निर्णय गरिएको जानकारी दिए।

जनकपुरधाम–२० मा छठ पर्वमा अघ्र्य राख्नका लागि बनाउन लागेको घाटको विषयमा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएको थियो । सोही विवादले शनिबार उग्ररुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

प्रजिअ बाँस्तोलाले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै मङ्गलबार राति १० बजेसम्म निषेधाज्ञा बढाइएको जानकारी दिनुभयो । पूर्वमा जलाद नदीको कल्री बाँध, पश्चिममा जनकपुर–जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com