२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

एसियन कपः जोर्डन, इराक र दक्षिण कोरियाको विजयी सुरुवात

काठमाडौँ- कतारमा जारी एएफसी एसियन कप फुटबल प्रतियोगितामा जोर्डन, इराक र दक्षिण कोरियाले विजयी सुरुवात गरेका छन् ।

सोमबार राति सम्पन्न समूह ‘ई’ अन्तर्गतको खेलमा जोर्डनले मलेसियालाई ४-० गोलअन्तरले पराजित गर्‍यो ।

जोर्डनको जितमा महमुद अल मार्दी र मोउसा तमारीले समान २-२ गोल गरे ।

समूह ‘ई’ अन्तर्गत नै अर्को खेलमा दक्षिण कोरियाले बहराइनलाई ३-१ गोलअन्तरले पाखा लगायो । दक्षिण कोरियाको जितमा लि काङ-इनले २ तथा ह्वाङ इन-बेयोमले एक गोल गरे । बहराइनका लागि अब्दुलाह अल हशाशले एक गोल फर्काए ।

सोमबार राति नै समूह ‘डी’ मा रहेको इराकले इन्डोनेसियालाई ३-१ गोलअन्तरले पराजित गर्‍यो ।

इराकको जितमा मोहनाद अली, ओसामा राशिद र अयमन हुसेनले एक-एक गोल गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com