२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सहज जित

काठमाडौं । त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सहज जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराएको हो ।

आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक एक गोल गरे । फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए । खेलको दशौँ मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४५ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई २–० गोलको अग्रता दिलाए । जर्ज प्रिन्सको हेडर पासमा अनमार्क रहेका दिनेशले सहजै गोल गरे । दोस्रो हाफको सुरुवातमै फ्रेन्ड्सले एक गोल फर्कायो । आर्मीका डिफेन्डरको गल्तीमा एन्थोनीले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए ।

खेलको ७१ औं मिनेटमा सुमनले गोल गर्दै आर्मीलाई ३–१ को अग्रता दिलाए । यस जितसँगै आर्मी लिगको तेस्रो स्थानमा उक्लिएको छ । आर्मीले ९ खेलमा १७ अंक जोडेको छ ।फ्रेन्ड्सले ९ खेलमा ३ अंक जोडेको छ ।

फ्रेन्ड्स पुछारमा रहेको छ । यस हारसँगै फ्रेन्ड्समाथि रेलिगेसनको दबाब बढेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com