२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

केक काटेर एन्फाले मनायो महिला तथा फुटबल दिवस

केक काटेर एन्फाले मनायो महिला तथा फुटबल दिवस

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय महिला दिवस तथा एएफसी महिला फुटबल दिवस मनाएको छ ।

एन्फाको महिला समिति संयोजक सरिला श्रेष्ठ मलेकुको संयोजकत्वमा आयोजित कार्यक्रमलाई पूर्व स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले केक काटेर सुरुवात गरेकी थिइन् । कार्कीले महिला टिमलाई आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरिन् ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले महिला ओलम्पिक फुटबल एसियन छनोटको खेल आयोजना गर्ने एन्फाको महिला फुटबललाई प्राथमिकता दिने दिर्घकालीन लक्ष्य रहेको बताए ।

नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य तथा यू-१७ टिमबीच मैत्रीपूर्ण फुटबल तथा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com