२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

म्यानचेस्टर युनाईटेड र एट्लेटिकोले खेले बराबरी

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा एट्लेटिको मड्रिड र म्यानचेस्टर युनाइटेडले १(१ अन्तरको बराबरी खेलेका छन् । स्पेनिस ला लिगा क्लब एट्लेटिकोको घरमा भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर एक गोलले पछि परेको स्थितिमा बराबरी गर्न सफल भएको हो ।

सातौ मिनेटमा जोआओ फेलिक्सको गोलबाट घरेलु टोलीले अग्रता लियो । खेलको ८०औं मिनेटमा एन्थोनी एलंगाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै दुवै टोलीको च्याम्पियन्स लिगको क्वाटरफाइनल पुग्‍ने सम्भावना जीवित छ । दोस्रो लेग १५ मार्चमा युनाइटेडको मैदानमा हुनेछ ।

राति नै भएको अर्को खेलमा पोर्चुगिज क्लब बेन्फिका र डच क्लब आयाक्सले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com