२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

ए डिभिजन लिगः तीन खेल हुँदै

ए डिभिजन लिगः तीन खेल हुँदै

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगअन्तर्गत आज तीन खेल हुने तालिका रहेको छ । ती मध्ये एक खेल च्यासल मैदान तथा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् ।

च्यासल मैदानमा दिउँसो २:३० बजेबाट सुरु हुने खेलमा नेपाल पुलिस क्लब र संकटा क्लब भिड्ने भएका छन् । अघिल्ला दुबै खेलमा पराजित भएको पुलिसले संकटाविरुद्ध मैदानमा उत्रिदाँ पहिलो जितको खोजिमा हुनेछ ।

यता एक खेलमा पराजित भएको तथा एक खेलमा अंक बाडेको संकटा पनि पहिलो जितको खोजिमा हुनेछ ।

सोही समयमा दशरथ रंगशालामा एपीएएफ फुटबल क्लब र जावलाखेल युथ क्लबबीच खेल हुनेछ । जावलाखेल लगातार तेस्रो तथा एपीएफ दोस्रो जितको खोजिमा हुनेछन् ।

दशरथ रंगशालामै साँझ ५:३० बजे भने फ्रेन्ड्स क्लब तथा सातदोबाटो युथ क्लबबीचको खेल हुनेछ । सातदोबाटोले लगातार तेस्रो जितको खोजिमा हुँदा फ्रेन्ड्स भने पहिलो जित हात पार्न चाहन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com