२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुनेछ : सदस्य सचिव घिसिङ

नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुनेछ : सदस्य सचिव घिसिङ

जनसेवा न्युज डटकम संवाददाता

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुनेमा कुनै दुविधा नरहेको बताएका छन् । सदस्य सचिव घिसिङले मन्त्रिपरिषद्ले मिति तय गरेबमोजिम राखेप तयारीमा जुटिसकेको उल्लेख गर्दै गण्डकी प्रदेशवासीलाई समेत आफ्नो अपनत्व ग्रहण गर्ने गरी तयारीमा लाग्न आग्रहसमेत गरे ।

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले १३ औं साग सम्पन्न गरिसकेको पोखरामा धेरै भौतिक पूर्वाधार रहेको उल्लेख गर्दै विभन्न खेलस्थलको लागि आवश्यक मस्यौदासमेत प्राप्त भइसकेको र छिट्टै टुंगोमा पुगिने विश्वास समेत व्यक्त गरे । उनले असोज २८ देखि कात्तिक ३ सम्म राष्ट्रिय चाडको रुपमा रहेको प्रतियोगितामा ३६ खेलका ४ सय ७ इभेन्टमा खेल हुने जानकारी समेत दिए । विभिन्न ११ टिममध्ये कम्तीमा ४ टिमले भाग लिएमात्र सो खेल प्रतियोगिताको रुपमा गणना हुने पनि सदस्यसचिव घिसिङले स्पष्ट पारे ।

सो अवसरमा उनले आगामी भदौ १५ सम्म सबै ११ वटै टिमले आफ्ना खेलाडीको छनोट गरी राखेपमा पठाइसक्नुपर्ने बताए । प्रतियोगितामा एकल तर्फ प्रथम हुनेले २५ हजार तथा टिमतर्फ प्रथम हुनेले १५ हजार पुरस्कार प्राप्त गर्ने छन् । साथै राष्ट्रिय रेकर्ड भंग गर्नेले ५० हजार इनाम पाउने छन् । प्रतियोगिताको उद्घाटन र समापन पोखरा रंगशालामै हुनेगरी तयारी भइरहेको सदस्यसचिव घिसिङले जानकारी दिए । प्रतियोगिताका लागि १० लाख रुपैयाँ बराबरको ट्रफी (सुनचाँदी जडित) बनाउने कार्य जारी रहेको र सो ट्रफी सात वटै प्रदेशमा पु¥याइने र अन्त्यमा जुन टिम च्याम्पियन हुन्छ उसैलाई हस्तान्तरण गरिने तयारी रहेको राखेपले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com