२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

तेस्रो टाइगर कप भलिबल प्रतियोगिता सुरु, गण्डकी, सशस्त्र प्रहरी र आर्मी विजयी

तेस्रो टाइगर कप भलिबल प्रतियोगिता सुरु, गण्डकी, सशस्त्र प्रहरी र आर्मी विजयी

पोखरा । पोखरा रंगशालामा आइतबारदेखि तेस्रो टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सुरु भएको महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे ।

उद्घाटन खेलमा पुरुषतर्फ गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सुखद शुरुवात गरेको छ । गण्डकीले पुलिसलाई २५–२३, २५–२० र २५–१६ ले हरायो ।

पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा उद्घाटनअघिको पहिलो खेलमा महिलातर्फ न्यू डायमण्डलाई नेपाल आर्मीले सोझो सेटमा जितेको छ । आर्मीले डायमण्डलाई २७–२५, २५–१७ र २५–२३ को सेटमा पराजित गरेको हो ।

दोस्रो खेलमा पुरुषतर्फ सशस्त्र प्रहरी बलले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–२० मा लिएको आर्मीले दोस्रो, तेस्रो र चौथो सेटमा भने सशस्त्र प्रहरीले आफ्नो पक्षमा लियो । सशस्त्रले २५–२२, २६–२४ र २५–१९ को सेटमा आर्मीलाई हरायो ।

महिला–पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई ५(५ लाख रुपैयाँ नगद, उपविजेता टिमलाई समान नगद २ लाख ५० हजार, तेस्रो हुने टिमलाई नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक(एक खेलाडीले जनही समान नगद २५/२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०÷१० हजार र ट्रफीसहित सम्मान गर्ने शर्माले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com