२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

म्यानचेस्टर सिटीलाई युइएफए च्याम्पियन्स लिगको उपाधि

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको उपाधि हासिल गरेको छ । टर्कीको इस्तानबुलमा शनिवार राती भएको खेलमा इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले च्याम्पियनसिप लिगको उपाधि हासिल गरेको हो ।

शनिबार राति एटाटर्क ओलम्पिया स्टेडियममा शनिबार राति भएको फाइनल खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । निकै प्रतिस्पर्धात्मक र रोचक देखिएको उक्त खेलको ६८ औं मिनेटमा रोड्रीले गरेको गोलले सिटीलाई च्याम्पियन सिपको उपाधिका लागि निर्णायक साबित भयो । त्यसपछि दुवै पक्षबाट कुनै गोल हुन नसक्दा खेल १–० मा टुंगिएर सिटी च्याम्पियन सिपको उपाधि चुम्न सफल भयो ।

पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित हासिल गरेको सिटीले यसै सिजनको इंग्लिस प्रिमियर लिग र एफए कपको उपाधीमा पनि जीत हासिल गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com