२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

विश्वकपमा आज चार खेल

विश्वकपमा आज चार खेल

जनसेवा न्युज डटकम संवाददाता

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरू हुनेछन् ।

आज हुने खेलहरूमा पोर्चुगल, ब्राजिल, उरुग्वे जस्ता बलियो टोलीहरू प्रतिस्पर्धा गर्दैछन् । आज हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । स्विजरल्याण्ड र क्यामरुनबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उरुग्वे र दक्षिण कोरियाबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । गत सिजन रसियामा आफ्नो प्रभुत्व जमाउन सफल टोलीलाई आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजना छ ।

विश्वकप अन्तर्गत नै बिहीबार हुने तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘एच’ मा रहेको पोर्चुगल र घानाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड छोडेका उनलाई आजको खेलमा सहज जित निकाल्दै सुखद सुरुवात गर्ने मौका छ । बिहीबार हुने चौथो खेलमा ब्राजिलले सर्बियाको सामना गर्नेछ । समूह ’जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com