२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

ओली नेतृत्वको चुनावी गठबन्धन पुरातनवादी र प्रतिगामी हो : रामचन्द्र पौडेल

ओली नेतृत्वको चुनावी गठबन्धन पुरातनवादी र प्रतिगामी हो : रामचन्द्र पौडेल

जनसेवा न्युज डटकम संवाददाता

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि काँग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरूका बीचको पवित्र भन्दै एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन् ।

तनहुँको भानु नगरपालिकामा काँग्रेसका उम्मेदवारहरूको परिचयात्मक कार्यक्रममा वरिष्ठ नेता पौडेलले सत्तारुढ पाँच दलीय गठबन्धन परिवर्तनका पक्षधर शक्तिहरूका बीचको पवित्र गठबन्धन भएको बताए । उनले लोकतन्त्र संविधान जोगाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनका लागि सत्तारुढ दलहरूका बीचमा गठबन्धन भएको दावी गरे ।

उनले सत्तारुढ दलहरूका बीचमा मात्र नभएर एमालेको नेतृत्वमा पनि चुनावी गठबन्धन भएको भन्दै पौडेलले केपी ओली नेतृत्वको गठबन्धन पुरातनवादी प्रतिगामी भएको बताए । पौडेलले काँग्रेस स्पष्ट धारणाका साथ चुनावमा होमिएको बताउँदै गठबन्धन र काँग्रेसको नीति र रणनीतिका बारेमा कन्फ्युजन नहुन नेता कार्यकर्तालाई आग्रह गरे ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com