२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

दैलेखमा एमाले उम्मेदवारले प्रयोग गर्ने गाडीमा आगजनी

दैलेखमा एमाले उम्मेदवारले प्रयोग गर्ने गाडीमा आगजनी

जनसेवा न्युज डटकम संवाददाता

दैलेखको आठविस नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवारले चुनाव प्रचारमा प्रयोग गर्दै आएको गाडीमा आगजनी भएको छ।

उम्मेदवार तर्कबहादुर बडुवालले प्रयोग गर्दै आएको बा १९ च ५५७९ नम्बरको स्कर्पियोमा आगजनी भएको हो।

आठविस नगरपालिका वडा नम्बर ४ राकम कर्णालीस्थित सृष्टी होटल अगाडि पार्किङमा रहेको गाडीमा आइतबार राति आगजनी भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

आगजनीबाट गाडीको एउटा टायरको बाहिरी भाग जलेको छ।

गाडीमा कसैले आगो लगायो वा आफैँ केही कारणले लाग्यो भन्ने पुष्टि भइनसकेको दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए।

‘घटना रातिका बेला भएको देखिन्छ। यसबारे थप बुझ्दैछौं,’ उनले भने।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com