२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

लन्डन म्याराथनमा नेपाली भेट्रान खेलाडी

काठमाडौँ- लन्डन म्याराथनमा सहभागी हुन तीन पुरुष भेट्रान खेलाडीसहित चार सदस्यीय नेपाली भेट्रान टोली बुधबार लन्डन प्रस्थान गर्ने भएका छन् ।

अप्रिल २३ तारिखमा हुने म्याराथनमा रामकृष्ण महर्जनले ६५–७० वर्ष, शम्भुप्रसाद दाहालले ६१–६५ वर्ष र सन्जिव अर्यालले ४०–४५ वर्ष उमेरसमूहमा दौड्ने छन् । सबैले फुल म्याराथनमा भाग लिने छन् । अफिसियलमा राधा महर्जन छिन् ।

सबैसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । त्यस मध्ये सबैभन्दा बढी अनुभवी रामकृष्ण हुन् । उनले लन्डन म्याराथनअघि विभिन्न २१ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । सहभागिता जनाएको प्रतियोगितामा हालसम्म रामकृष्णले विभिन्न स्पर्धामा ३ स्वर्ण, ३ रजत र ४ कास्य पदक जितेका छन् । रामकृष्णले सहभागिता जनाएको प्रतिष्ठित म्याराथनमा बोस्टन, बर्लिन, टोकियो, सिकागो र न्युयोर्क सिटी म्याराथन हुन् ।

टोलीलाई बैकुण्ठ मानन्धर खेलकुद नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक कार्यक्रमबीच बिदाई गर्यो । बैकुण्ठ मानन्धर खेलकुद नेपालका अध्यक्ष दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धर, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्री, एथलेटिक्सकर्मीलगायतले सोमबार बिदाई गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com