२०८१ जेष्ठ १ - Tue May, 2024 -

Janasewa News

बेन्फिकामाथि लिभरपुलको सहज जित

एजेन्सी

प्रिमियर लिग क्लब लिभरपुलले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकामाथि ३–१ को जित निकालेको हो ।

जितसँगै लिभरपुलले पहिले लेगमा ३–१ गोलको अग्रता बनाएको छ । लिसवोआमा लिभरपुललाई जित दिलाउन इब्राहिमा कोनाट, साडियो माने र लुइस डियाजले एक–एक गोल गरे । उता घरेलु टोली बेन्फिकाका लागि डार्विन नुनेजले एक गोल फर्काए । इब्राहिमा कोनाटले खेलको १७औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

३४औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । डार्विन नुनेजले बेन्फिकाका लागि ४९औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई २–१ गोलको अवस्थामा ल्याए । त्यसपछि खेलको ८७औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई ३–१ गोलको जित दिलाए । अब दुई टोलीबीचको दोस्रो लेग १३ अप्रिलमा लिभरपुलको घरेलु मैदानमा हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com