२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

दोस्रो एकदिवसीय क्रिकेटमा श्रीलंकाले अष्ट्रेलियालाई हरायो

दोस्रो एकदिवसीय क्रिकेटमा श्रीलंकाले अष्ट्रेलियालाई हरायो

जनसेवा न्युज डटकम संवाददाता

दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई डिएल मेथोड पद्धतिको आधारमा २६ रनले हराएको छ ।

बिहीबार राति श्रीलंकामा भएको खेलसँगै पाँच श्रृंखलाको खेल १–१ को अवस्थामा आइपुगेको छ । पहिलो खेल अष्ट्रेलियाले दुई विकेटले आफ्नो पक्षमा पारेको थियो । श्रीलंकाले दिएको २२१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ३७ ओभर १ बलमा सवै विकेट गुमाउँदै १८९ रनमा समेटिन पुग्यो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले ३७ रन जोड्दा ग्लेन म्याक्सवेलले ३० रन बनाए । श्रीलंकाका चामिथा करुनारत्नेले सर्वाधिक तीन विकेट लिए । यसअघि वर्षाले प्रभावित खेलमा पहिले टस हारेर ब्याटिङ गरेको श्रीलंकाले ४७ ओभर ४ बलमा ९ विकेट गुमाएर २२० रनको योगफल तयार पार्यो ।

श्रीलंकाका कुशल मेन्डिसले सर्वाधि ३६ रन जोडे । यस्तै, कप्तान डसुन शनका र धनन्जय डी सिल्भाले समान ३४ रन जोडे । अष्ट्रेलियाका पाट कमिन्सले सर्वाधिक ४ विकेट लिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com