२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

फिफा महिला विश्वकपः पोर्चुगलको अन्तिम १६ मा पुग्ने सम्भावना कायमै

काठमाडौँ- पोर्चुगल फिफा महिला विश्वकप फुटबलको अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ । समूह ‘ई’ मा रहेको पोर्चुगलले आफ्नो पहिलो खेलमा हार बेहोरे पनि दोस्रो खेलमा पहिलो जित निकाल्दै अन्तिम १६ को सम्भावना कायम राखेको हो ।

न्यूजिल्यान्डको एफएमजी स्टेडियम वाइकाटो आज भएको खेलमा भियतनामलाई २-० ले पराजित गर्दै पोर्चुगलले पहिलो जित हात पारेको हो ।

आजको खेलमा पोर्चुगललाई जित दिलाउन तेल्मा एनकार्नाकाओ र फ्रान्सिस्का नाजारेथले एक-एक गोल गरे ।

एनकार्नाकाओले ७ औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाउँदा नाजारेथले २१ औँ मिनेटमा टिमका लागि दोस्रो गोल गरिन् ।

यससँगै पोर्चुगलले २ खेलबाट ३ अंक जोडेको छ । यसै समूहमा रहेको अमेरिका र नेदरल्यान्डको ४-४ अंक रहेको छ । भियतनामले भने कुनै अंक जोडेको छैन ।

पोर्चुगलले अन्तिम खेलमा अमेरिकाको सामना गर्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com