गण्डकीका अनिशलाई म्याराथनमा स्वर्ण

गण्डकीका अनिशलाई म्याराथनमा स्वर्ण

पोखरा । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष म्याराथनको उपाधि गण्डकी प्रदेशका अनिश थापा मगरले जितेका छन् । भारतीय सेनामा कार्यरत अनिशले निर्धारित दूरी २ घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै गण्डकीलाई स्वर्ण दिलाए । नेपाली भूमीमा म्याराथनमा अनिशको पहिलो स्वर्ण हो ।

त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत हात पारे । कृष्णले २ घण्टा २३ मिनेट र १४ सेकेन्ड समय खर्चिए ।

यता नेपाल एपीएफ क्लबका सन्तोष विक्रम विष्टले कास्य जिते । सन्तोषले २ घण्टा ३० मिनेट र ५४ सेकेन्डमा दौडिदै कास्य जितेका हुन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: