२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

बागमती प्रदेशसभास् सरकारको नीति तथा कार्यक्रम माथि छलफल जारी

बागमती प्रदेशसभास् सरकारको नीति तथा कार्यक्रम माथि छलफल जारी

जनसेवा न्युज डटकम संवाददाता

सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले आज बिहान ८ बजेका लागि आह्वान गरेका थिए । आजको बैठकमा संसद्हरूले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि आफ्नो धारणा राख्नेछन् भने त्यस लगत्तै सदनबाट नीति तथा कार्यक्रम पारित गर्ने सत्तारुढ दलहरूको तयारी रहेको छ ।

बुधबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा पनि प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि छलफल भएको थियो । उक्त बैठकमा प्रदेशसभाका २० जना संसद्ले सरकारको नीति तथा कार्यक्रम माथि धारणा राखेका थिए । बैठकमा सत्तारुढ गठबन्धनका ७ जना, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका ८ जना, विवेकशील साझा पार्टीका २ जना, राप्रपाका २ र नेमकिपाका १ जना सांसदले सरकारको नीति तथा कार्यक्रम माथि आफ्नो धारणा राखेका थिए ।

बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका सांसदहरूले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वागत योग्य रहेको बताएका थिए । उनीहरुले सरकार समृद्ध बागमती प्रदेश स्थापना गर्न सक्रिय रहेको बताएका थिए ।

त्यसैगरी प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले सरकारको नीति तथा कार्यक्रममा आफ्नो धारणा राख्दै सरकार चुनावी एजेण्डा बाँड्न सक्रिय रहेको बताएका थिए । संसद्मा आफ्नो धारणा राख्दै एमालेका अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल, केशवराज पाण्डे, अरुण नेपाल लगायतले सरकार जनहितकारी नभएको र सरकार आफ्ना कार्यकर्ता पोस्न ऐन विपरीतका योजनाहरू ल्याउन सक्रिय रहेको उनीहरुले आरोप लगाएका थिए । उनीहरुले विगतमा जस्तै सरकारले ऐन विपरीत चुनावी एजेण्डाका रूपमा टुक्रे योजनाहरू ल्याउने प्रकृतिको नीति तथा कार्यक्रम ल्याएको सरकार माथि आरोप लगाएका थिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com