२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

संसद्लाई बन्धक बनाउन मिल्दैन : सभापति लामिछाने

सुरुङ्गा (झापा)- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई बन्धक बनाउन नमिल्ने बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताए ।

‘जनताका धेरै कुरा उठाउनु छ,’ उनले भने, “चाँडोभन्दा चाँडो सदन खुलाउनुस् । सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ । अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन ।’

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका सभापति  लामिछानेले पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास नै  युवामा हराएर गएको टिप्पणी गरे ।

सभामा पार्टीका केन्द्रीय महामन्त्री डा मुकुल ढकाल, सङ्घीय संसदका प्रमुख सचेतक सन्तोष परियार, सांसद निशा डाँगी, केन्द्रीय सदस्य रमेश प्रसाइलगायतका केन्द्रीय नेताहरूले सबोधन गरेका थिए । सभापति लामिछानेले झापामा दुई दिनमा आठ वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com