२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

तिनाउ नदीमा बाढीः पानीको सतहले खतराको तह पार गर्‍याे

बुटवल । रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ । रुपन्देही, पाल्पा, नवलपरासी, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ नदी र पश्चिम राप्ती नदीमा बाढी आएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान ६:१५ बजे सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटवलमा जलसतह खतरा तह भन्दा निकै माथि पुगेको र बढ्दो रहेको छ । तिनाउ नदी किनारका घरमा पानी पसेको छ ।

तिनाउको बाढी बढ्दो क्रममा छ । त्यसैले बाढीको उच्च जोखिम, तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजे सम्म सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरेको छ ।

यसैगरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ । वर्षाका कारण विनयी लगायत साना खोलाहरूको बहाव बढ्ने सम्भावना छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com