२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

सरकार र शिक्षकबीच वार्ता हुँदै : हिजोको छलफल सकरात्मक, आजै सहमति हुनसक्ने

काठमाडौँ- विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघ र सरकारबीच आज पनि वार्ता हुने भएको छ । बिहीबार साँझ भएको वार्ता सहमतिनजिक भएपछि आज बिहान ८ बजे पनि वार्ता हुन लागेको हो ।

नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले आन्दोलन र वार्ता सँगसँगै लैजाने बताए । उनले भने, ‘आज बिहान ८ बजे सरकारले वार्ताका लागि पुनः बोलाएको छ । शिक्षकहरूको प्रदर्शन पनि जारी रहनेछ ।’

उनका अनुसार वार्ता सहमतिनजिक पुगेको पनि उनले बताए । आज त्यसलाई मूर्त रुप दिनेबारे छलफल हुने उनले जानकारी दिए ।

त्यस्तै कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महासंघसँग छलफल सकारात्मक रहेकाले आज बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताए । ‘आज सकारात्मक छलफल भएको छ । अहिले बुँदागत रुपमा छलफल भएको छ । उहाँहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर बिहीबार छलफल भएको हो । आज बिहानसम्म टुङ्गिन्छ’ उनले भने ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com