२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

सुदूरपश्चिममा आज शनिबार २८३ जनामा सङ्क्रमण, एकको मृत्यु

बैतडी । सुदूरपश्चिम प्रदेशमा शनिबार एकैदिन थप २८३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट एक हजार ४२९ जनाको नमूना परीक्षण गर्दा २८३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पिसीआरमार्फत १२६ र एन्टिजेनमार्फत १५७ जनामा पुष्टि भएको हो । पिसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १०४, महाकाली अस्पतालमा १४, बाजुरा जिल्ला अस्पतालमा आठ र एन्टिजेनमार्फत कैलालीका १०३, कञ्चनपुरका ४५, दार्चुला पाँच र बैतडीका चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर आठ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । कैलालीको कैलारी गाउँपालिका–५ का ५३ वर्षीया सङ्क्रमित महिलाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसअघि शुक्रबार यस प्रदेशमा ३८३ जनामा सङ्क्रमण पुष्टि हुँदा १० जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१५ जनाको ज्यान गइसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com