२८ जिल्लामा भूमि आयोग अध्यक्षको नाम प्रस्ताव

प्रकाशित : २०७८ पुष २



काठमाडौं । सरकारले विभिन्न जिल्लाहरूमा भूमि आयोगकाे अध्यक्ष नियुक्तिको तयारी गरेको छ ।


भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमार्फत २८ जिल्लामा अध्यक्षहरू नियुक्तिको तयारी भएको हो । २८ जिल्लामा अध्यक्ष नियुक्तिका लागि विभिन्न व्यक्तिहरूको नाम प्रस्तावित भएको जनाईएकाे छ ।
जस अनुसार ताप्लेजुङमा कुष्णकुमार बस्नेत, इलाममा भरतबहादुर खत्री, ओखलढुंगामा अशोककुमार कार्की, पाँचथरमा दिनेशकुमार लावती, झापामा तिलकसिंह पाण्डे, सुनसरीमा भगिरत खात्वेको नाम अध्यक्षमा प्रस्तावित भएको छ ।
यसैगरि भोजपुरमा दिलकुमार राई, काभ्रेमा हरिबहादुर केसी, धादिङमा कृष्णप्रसाद अर्याल, तनहुँमा रामचन्द्र अधिकारी, कास्कीमा गंगाप्रसाद पोखरेल, बाग्लुङमा धर्मबहादुर कुँवर, लमजुङमा दामोदर अधिकारीको नाम प्रस्ताव भएको छ ।
रुपन्देहीमा हरिबहादुर आचार्य, अर्घाखाँचीमा यादव घिमिरे, गुल्मीमा राम मल्ल ठकुरी, प्यूठानमा इमानसिंह खड्का, सुर्खेतमा श्रीधर पौडेल, दैलेखमा नयराम थापा, डडेल्धुरामा शेरबहादुर भण्डारी, कञ्चनपुरमा देवेन्द्रराज ढुंगाना र उदयपुरमा बलबहादुर तामाङको नाम प्रस्ताव भएको आयाेग स्रोतले जनाएको छ ।