२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

श्रीलंका राष्ट्रपति  निवास छाडेर फरार भएपछि प्रदर्शनकारी स्विमिङ खेल्दै

श्रीलंका राष्ट्रपति  निवास छाडेर फरार भएपछि प्रदर्शनकारी स्विमिङ खेल्दै

काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबया राजापाक्षा सरकारी निवास छाडेर फरार भएपछि उक्त निवासमा रहेको पौडी पोखरीमा प्रदर्शनकारीहरुले पौडी खेलेका छन् । उनीहरु पौडी खेल्दै सेल्फी खिचेर रमाइरहेका छन् ।

राजधानी कोलम्बोस्थित निवासभित्र प्रवेश गरेका प्रदर्शनकारीले पोखरीमा पौडी खेलेको बीबीसीले जनाएको छ । प्रदर्शनकारीहरुले निवासलाई घेरा हाल्नुका साथै तोडफोड गरेपछि राष्ट्रपति राजापाक्षा फरार भएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको थियो ।

श्रीलंकाको आर्थिक संकटलाई लिएर सरकारविरुद्ध प्रदर्शनका लागि भेला भएका हजारौ प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीहरुले राष्ट्रपति निवासलाई घेर्न पुगेका थिए ।

बस, रेल र ट्रकमा भरिएका हजारौं प्रदर्शनकारीहरू आफूहरुलाई देशको आर्थिक संकटबाट बचाउन नसकेको भन्दै कोलम्बोको सडकमा उत्रिएका थिए । कालो झण्डा र राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरूले राष्ट्रपतिविरुद्ध नाराबाजी गरेका थिए ।

यसैबीच प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सुरक्षाकर्मीसहित कम्तिमा ३३ जना घाइते भएको बीबीसीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com