२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिस्थित धर्मशाला अतिक्रमणबारे निरीक्षण गरे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिस्थित धर्मशाला अतिक्रमणबारे निरीक्षण गरेका छन् । बतास समूहले होटलका रुपमा सञ्चालन गरिरहेको उक्त धर्मशालाको निरीक्षण गर्दा आफू छक्कै परेको बताएका छन् ।

आइतबार आफ्नो टोलीसहित धर्मशाला निरीक्षणमा पुगेका मन्त्री आलेले भने ‘धर्मशाला त फाइभ स्टार होइन, सेभेनस्टार होटलकै रुपमा बनाएछन् । छानबिन गरेर दूधको दूध पानीको पानी छुट्याउँछौँ । धर्मशाला बेच्नेलाई कारबाही गरेर छाड्छौँ ।’ उनले कसरी टेण्डर गरिएको रहेछ र कहाँसम्मको साँठगाँठ रहेछ भन्नेबारे छानबिन समितिको प्रतिवेदनपछि थाहा हुने बताए ।

उनले यसबारे छानबिन गर्न समिति गठन गरिसकेको र भोलिसम्म प्रतिवेदन आउने बताएका छन् । प्रतिवेदनको आधारमा आफूले थप कदम चाल्ने मन्त्री आलेको भनाइ थियो ।

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षको संयोजकत्वमा छानबिन समिति बनाइएको छ । प्रतिवेदनपछि थप निर्णय लिइने उनले बताए ।

पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सुविधा दिने उद्देश्यले भारत सरकारले धर्मशाला बनाइदिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा उक्त धर्मशालाको उद्घाटन गरेका थिए । यसको निर्माणमा भारतले २५ करोड भारु लगानी गरेको बताइएको छ । तर पछिल्लो समय माफियाहरुले उक्त धर्मशाला निजी व्यावसायिक प्रयोजनमा अतिक्रमण गरेका छन् । बतास समूहले होटेल आनन्द नाममा उक्त धर्मशालामा व्यवसाय चलाइरहेको छ ।

निरीक्षणपछि मन्त्री आलेले एकै कोठाको एक दिनको भाडा नै खाना–खाजाबाहेक ७ हजारसम्म लिने गरेको बताए । उनले भने, ‘यो त धार्मिक पर्यटकीयस्थल पनि हो । सस्तो र सुलभ मूल्यमा भक्तजनले बस्न पाउनुपर्नेमा यहाँ त सेभेन स्टार होटलजस्तै चलाइएको रहेछ । । प्रतिवेदन आएपछि कारबाही अघि बढाउछौँ ।’

Leave a Reply

सम्वन्धित समाचारहरु

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com