बैंक अफ काठमाण्डू लिमिटेडको गैरआवासीय नेपालीहरुलाई लक्षित निक्षेप खाता

प्रकाशित २०७८ माघ २
विज्ञाप्ति:
बैंक अफ काठमाण्डू लिमिटेडको गैरआवासीय नेपालीहरुलाई लक्षित निक्षेप खाता
बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपाली महानुभावहरुको लागि बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ । विदेशमा बसि आफ्नो परिश्रम गरि आयआर्जन गरिरहनुभएका ग्राहक महानुभावहरुलाई आफ्नो मातृभूमीमा रहेको यस बैंकमा खाता खोली उच्चतम् प्रतिफल लिनुहुन बैंकले अनुरोध गरेको छ ।
गैरआवासीय नेपाली महानुभावहरुले यस बैंकमा USD, EUR, GBP, AUD, CAD, tyf JPY तथा व्एथ् मुद्राहरुमा बैंक खाता खोल्न सक्नुहुनेछ । यस बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपाली महानुभावहरुले अधिकतम् ५.५% सम्मको वार्षिक ब्याजदर पाउनुहुनेछ । साथै, गैरआवसीय नेपाली महानुभावहरुले यस निक्षेप खाता खोल्नु भएमा बैंकले विशेष बैंकिङ्ग सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिनसक्नुहुनेछ । बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले विदेशमा रहनुभएका गैरआवासीय नेपाली महानुभावहरुले आर्जन गर्नुभएको रकमको उच्चतम् प्रतिफलका साथै मातृभूमीमा सहज बैंकिङ्गको अनुभव लिन पाउनुहुने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।



