२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ

काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन् । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्नेछन् ।

रमेश कुमार श्रेष्ठ यसअघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।

उनी सञ्चालन, व्यवस्थापन तथा व्यवसाय प्रर्वद्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा चिनिन्छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com