२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

प्रचण्ड र विप्लवबाट अब क्रान्ति हुन सक्दैन : महासचिव मोहन वैद्य

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले प्रचण्ड र विप्लवबाट अब क्रान्तिको सुरुवात हुन नसक्ने बताएका छन् । सोमबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमा बैद्यले पार्टी एकताका लागि विभिन्न चरणमा छलफल भएको भन्दै अब प्रचण्ड र विप्लवबाट क्रान्तिको सुरुवात हुन नसक्ने देखिएको बताएका हुन् ।

दुवै नेताले शान्तिपूर्ण माध्यमबाट समाजवाद आउने कुरा गरेकाले क्रान्तिकारी धारमा विचलन आउने खतरा आफूले देखेको उनले बताए । मसालका महामन्त्री मोहन विक्रम सिंह र विप्लवमा अरुका कुरा सुन्ने प्रवृत्ति नरहेको र उनीहरुको पार्टीमा व्यक्तिवाद हावी भएको महासचिव वैद्यले बताए । वैैद्यले अब पार्टीलाई शसक्त रुपमा क्रान्तिकारी धारका रुपमा अघि बढाउने समय आएको धारणा राखे ।

कार्यक्रममा गोपाल किँराती नेतृत्वको माओवादीमा रहेका नेताहरु नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com