२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

प्रदेश नं १ मा ६१७ मा सङ्क्रमण पुष्टि

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ६१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ८८९ जनाको पिसिआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पिसिआर परीक्षणका आधारमा मोरङमा २२७, सुनसरीमा १२९, झापामा ११६, धनकुटामा चार, इलाम, सोलुखुम्बु र भोजपुरमा दुईरदुई, उदयपुरमा एक र प्रदेशबाहिरका ३८ जनामा सङ्क्रमण भएको हो ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १९१, सुन्दरहरैचामा नौ, उर्लाबारीमा सात, बूढीगङ्गामा तीन, मिक्लाजुङ, कटहरी र कानेपोखरी दुईरदुई, बेलबारी, रङ्गेली, रतुवामाई, पथरीशनिश्चरे र लेटाङमा एकरएक र स्थानीय तह नखुलेका छ, सुनसरीको धरानमा ८८, इटहरीमा १७, इनरुवा र स्थानीय तह नखुलेका सातरसात, रामधुनीमा तीन, बराहक्षेत्र र बर्जुमा दुईरदुई, गढी, भोक्राहानरसिंह र देवानगञ्ज एकरएकमा सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी, झापाको विर्तामोडमा ३८, दमकमा १५, कनकाईमा १०, भद्रपुरमा १६, मेचीनगर र बुद्धशान्तिमा नौरनौ, अर्जुनधारामा पाँच, शिवसताक्षीमा चार, कमल गाउँपालिकामा तीन, बाहृदशी र कचनकवलमा दुईरदुई, हल्दिबारी, गौरादह र झापा गाउँपालिकामा एकरएक, धनकुटाको धनकुटा नगरपालिकामा चार, इलामको चुलाचुली र मांसेबुङमा एकरएक, सोलुखुम्बुको सोलुदूधकुण्ड र नेचा सल्यानमा एकरएक भोजपुरको भोजपुर नगरपालिकामा दुई, उदयपुरको त्रियुगामा एक र प्रदेशबाहिरका ३८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आज आठ महिलासहित १८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई पुरुषको मृत्यु भएको छ । यस्तै, सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार १८१ रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com