२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

सहरी विकास मन्त्रालय र बन्चरेडाँडा सरोकार समितिबीच शुक्रबार वार्ता हुने

सहरी विकास मन्त्रालय र बन्चरेडाँडा सरोकार समितिबीच शुक्रबार वार्ता हुने

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर ब्यवस्थापनमा देखिएको समस्या समाधानका लागि सरकार र बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिबीच भोलि (शुक्रबार) वार्ता हुने भएको छ । सहरी विकास मन्त्रालय र सरोकार समितिबीच हुने वार्ताका लागि शुक्रबार बिहान ८ बजे सरोकारवाला सबैलाई बोलाइएको छ ।

जानकारी अनुसार उक्त वार्तामा संघर्ष समिति, नुवाकोट ककनी गाउँपालिका, धादिङको धुनीबेँसी नगरपालिका प्रमुख रउपप्रमुख, वडाध्यक्ष, प्रभावित स्थानीय प्रतिनिधिलगायतको सहभागिता रहनेछ । आफूहरुको माग मन्त्रालयले पूरा नगरे प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ जाने सरोकार समितिको तयारी रहेको छ ।
विगत केही समयदेखि सरकार र काठमाडौं महानगरपालिकाले विगतका सहमति र सम्झौता कार्यान्वयन नगरेको भन्दै संघर्ष समितिले फोहोर विर्सजन गर्न दिएका छैनन् । बुधबार मात्रै पनि फोहोर लिएर बन्चरेडाँडा पुगेका सयौं ट्रकहरु फर्काइएयो थियो ।

फोहोर बोकेका ट्रकहरूलाई रोक्न सयौंको संख्यामा स्थानीयवासी सडकमा उत्रिएका थिए । स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले तीन सेल अश्रु ग्यास प्रहार गर्नुपरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com