२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

प्रदेश – २ को स्थायी राजधानी जनकपुर कायम भएसँगै वीरगञ्जमा मुख्यमन्त्रीको पुत्ला दहन

काठमाडौँ । प्रदेश – २ को स्थायी राजधानी जनकपुर कायम भएसँगै वीरगञ्जमा मुख्यमन्त्रीको पुत्ला दहन गरिएको छ ।

विरगञ्जका स्थानीय युवाहरुले ‘मुख्यमन्त्री लालबाबु राउत गद्दी मुर्दाबाद’, ‘मुख्यमन्त्री चोर जिल्ला छोर’, ‘मुख्यमन्त्री चाहिँदैन वीरगञ्जलाई बेच्न पाइँदैन’ लगायतका नारा लगाउँदै मुख्यमन्त्री लालबाबु राउत गद्दीको पुत्ला दहन गरेको हो ।

वीरगञ्जको घण्टाघर स्थितबाट निकालिएको विरोध ¥याली नगर परिक्रमा गर्दै पुनः घण्टाघरमा पुगेर मुख्यमन्त्रीको पुतला दहन गरेको थियो । मुख्यमन्त्री राउतले वीरगञ्जविरुद्ध षडयन्त्र गरेर जनकपुरलाई प्रदेशको राजधानी बनाएको आरोप लगाउँदै स्थानीय युवाहरुले उनी विरुद्ध नाराबाजी गर्दै उनको पुतला दहन गरेका हुन् ।

उनीहरुको अनुसार मुख्यमन्त्री राउत वीरगञ्जको स्थानीय हुँदाहुँदै पनि उनले यसलाई राजधानी बनाउन कुनै पहल नगरेको र उल्टै जनकपुरको पक्षमा उभिएको कारण उनी विरुद्ध प्रदर्शन गर्दै पुत्ला दहन गरिएको बताए ।

आन्दोलन गर्ने बेला मधेशवादी दलका सम्पूर्ण नेताहरु वीरगञ्जमा आएर आन्दोलन गरे, यहाँका जनताहरु सहादत भए तर राजधानी बनाउने बेला जनकपुरलाई स्थानीय राजधानी घोषणा गरेर वीरगन्जसँग धोका गरिएको उनीहरुको भनाई थियो ।

अन्य नेताहरु वीरगञ्जको नभएपनि मुख्यमन्त्री पर्सा जिल्लाकै भएर पनि वीरगन्जलाई प्रादेशिक राजधानी घोषणा गराउनतर्फ कुनै किसिमको पहल नगरि उल्टै जनकपुरलाई राजधानी बनाउन षडयन्त्र गरेकोले उनको पुतला दहन गरिएको बताइएको छ ।

मुख्यमन्त्री लालबाबु राउत पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका निवासी हुन् भने निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रदेशसभा निर्वाचित साँसद हुन् ।

लामो समयदेखि राजधानी प्रदेश–२ को राजधानी वीरगञ्ज कि ? जनकपुर भन्ने विषयमा चर्चा चलिरहेको बेला पनि मुख्यमन्त्रीले केही पनि प्रतिक्रिया दिएका थिएनन् । यद्दपी उनले भित्रभित्रै आफ्नो पद जोगाउनका लागि जनकपुरलाई राजधानी बनाउन पार्टीका नेतासँग सहमति जनाएको उनीहरुको आरोप छ ।

जनकपुरलाई प्रादेशिक स्थायी राजधानी घोषणा गर्नका लागि सोमबार प्रदेशका दुई तिहाइ सांसदहरुले मत दिएका छन् । सोमबार भएको मतदानमा उपस्थित कुल ९९ सांसद मध्ये ७८ सासदले जनकपुरको पक्षमा मतदान गरेको बताइएको छ ।

प्रदेश – २ मा १०४ सांसद रहेपनि ९९ जनाले मात्रै मतदानमा सहभागिता जनाएका थिए । मतदान सकिए लगत्तै सभामुख सरोजकुमार यादवले प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com