२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

मधेश प्रदेश कायम भएसँगै मधेसी जनताको ठूलो सपना पूरा भएको छ : मुख्यमन्त्री राउत

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम मधेश कायम भएसँगै मधेसी जनताको एउटा ठूलो सपना पूरा भएको बताउनुभएको छ ।

प्रदेशसभाको बैठकबाट प्रदेशको नाम र राजधानी टुङ्गयाएपछि रासससँग संक्षिप्त कुरा गर्नुहुँदै मुख्यमन्त्री राउतले मधेस प्रदेश नाम राख्ने प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएसँगै मधेशी जनताको ठूलो सपना पूरा भएको बताउनुभयो ।

“मधेस प्रदेशको नामकरणले मधेस आन्दोलनले सम्मान पाएको छ”, मुख्यमन्त्री राउतले भन्नुभयो, “मधेश आन्दोलनको भावना र मधेशी जनताको चाहनाअनुरूप मधेश प्रदेश कायम भएको छ, यो हामी सबैको गौरवको कुरा हो ।” यसबाट शहीदहरुको सम्मान भएको उहाँको भनाइ थियो ।

मधेस प्रदेशको घोषणाले पहिचानको प्रतिनिधित्व गर्ने बताउँँदै उहाँले यसबाट उत्पीडित वर्ग, समुदायको मुक्तिका लागि अघि बढ्न ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

मधेश प्रदेश स्थापनाका लागि सहयोग पु(याउने सबै प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालयका कर्मचारी लगायतलाई धन्यवाद ज्ञापन दिँदै मुख्यमन्त्री राउतले सम्पूर्ण प्रदेशबासी, देशबासीमा बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com