२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

मधेश प्रदेशको पहिचान आज स्थापित भएको छ : राजेन्द्र महतो

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको बधाई दिएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको जनकपुर राजधानी भएको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।

ुमधेश आन्दोलनको उद्गम स्थल, मेरो निर्वाचन क्षेत्र समेत रहेको जगत जननी माता जानकीको जन्मभूमि ‘जनकपुरधाम’ प्रदेशको स्थायी राजधानी र प्रदेशको नाम ‘मधेश प्रदेश’ प्राप्तीको यस सुखद अवसरमा सम्पुर्ण क्षेत्रवासी, प्रदेशवासी तथा देशवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछुु उनले भनेका छन् ।

यी महत्त्वपूर्ण दुईवटै सफलतामा आफ्नो पार्टीको पनि प्रस्ताव र समर्थन रहेको उनले बताए ।

उनले राजधानी ‘जनकपुरधाम र नाम ‘मधेश प्रदेश’को पक्षमा मतदान गर्ने सम्पूर्ण राजनीतिक दल र प्रदेशसभा सदस्यमा धन्यवाद दिएका छन् ।

ुदशकौको मधेश आन्दोलन र संर्घष, मधेशी शहिदको सपना मधेश प्रदेशको पहिचान आज स्थापित भएको छ भने ति सम्पूर्ण आन्दोलन तथा संर्घषमा अहम भूमिका निर्वाह गरेको पावन भुमि जनकपुरधामको पनि सम्मान भएको छ उनले भनेका छन् ।

अव मधेश प्रदेशको मुख्य आर्थिक केन्द्र बिरगंजसहित सवै जिल्लाको केन्द्र, शहर, पालिका तथा वडाहरुको समुचित विकासका लागि सबै दल र नेताहरु सकारात्मक रुपमा काम गर्दै समाजिक रुपान्तरणका लागि एकजुट हुने विश्वास रहेको उनले बताएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com