२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

श्रद्धाञ्जली सभामा प्रधानमन्त्री प्रचण्डले भने– सीताले निकै शान्त मृत्यु रोजिन्

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकलमल दाहाल प्रचण्डले आफ्नी धर्मपत्नी सीता दाहालले मृत्यु निकै शान्त रोजेको बताएका छन् ।

गत बुधबार ६९ वर्षको उमेरमा सीताको निधन भएको थियो । सीताको निधनको सातौँ दिनमा मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री प्रचण्डले पत्नी सीताले मृत्यु निकै शान्त रोजेको बताएका हुन् ।

सीताको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद दिएका उनले शोकको घडीमा पाएको साथले पीडाबाट निस्कन मद्दत गरेको बताए ।

छोरी ज्ञानु र छोरा प्रकाश गुमाउँदा शरीरले साथ दिँदासम्म पीडा सामना गरेकी सीताको उपचारमा राज्यकोषबाट कुनै सुविधा नलिएको भन्दै प्रचण्डले उनको उपचारमा कुनै कमी हुन नदिएकाके र हुन सक्ने सबै उपचार पद्धति अपनाइएको बताए ।

श्रद्धाञ्जली सभामा मन्त्रिपरिषद्का सदस्य, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वप्रधानमन्त्रीहरु, संघीय संसदका सदस्य, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, आफन्त, शुभचिन्तकलगायतको सहभागिता थियो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com