२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

भारतका ७२ प्रतिशत वयस्कले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

नयाँदिल्ली । भारतका कूल वयस्कहरूमध्ये ७२ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । भारतको केन्द्रीय सरकारले बिहीबार दिएको जानकारीअनुसार १५ देखि १८ वर्षसम्मका भने ५२ प्रतिशतले पहिलो खोप लगाएका छन् ।

सो उमेर समूहका बालबालिका तथा किशोर–किशोरीलाई हालै मात्र खोप लगाउन थालिएकाले उनीहरूले एउटा मात्रै खोप लगाउन पाएका हुन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका सचिव राजेश भुषणले पत्रकार सम्मेलनमा बोल्ने क्रममा खोप अभियानलाई सरकारले तीव्रता र उच्च प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिए ।

उनले पछिल्लो एक दिनमा तीन लाख १७ हजार ५३२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको विवरण पनि सार्वजनिक गरे । सोही अवधिमा कोरोनाकै कारण अरू ३८० जनाको मृत्यु भएको पनि उनको भनाइ छ ।

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरूको सङ्ख्या तीव्र रूपमा बढ्दै गइरहेको छ । दैनिक सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक थपिँदै गएपछि सक्रिय सङ्क्रमितहरूको सङ्ख्या पनि बढेको छ ।

स्वास्थ्य सचिव भुषणका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या १९ लाख २४ हजार ५१ रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com