२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

५०० बढी सक्रिय संक्रमित भएका जिल्लाको संख्या १४ पुग्यो

काठमाडौं । पछिल्लो समय नेपालमा दिनानुदिन कोरोना संक्रमितहरु तीब्र रुपमा बढिरहेका छन् । यसैबीच हाल नेपालमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमितहरु भएका जिल्लाको संख्या १४ वटा पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही र कैलाली छन् ।

त्यस्तै दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा पर्सा, बारा, महोतरी, सप्तरी, सलार्ही, सिराहा, नुवाकोट, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, दाङ, सुर्खेत र कञ्चनपुर छन् । कोरोना सङ्क्रमण सबै जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा २६ हजार ६९८ जना, ललितपुरमा ६ हजार ६१२ जना र भक्तपुरमा तीन हजार ७८३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सक्रिय संक्रमितको सङ्ख्या ५७ हजार नाघ्यो

विहीबार मुलुकभर थप १२ हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ५७ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३२८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६३२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ ।

आईसीयूमा १८६ जना

अहिले नेपालमा आईसीयूमा १ सय ८६ जना रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै, भेन्टिलेटरमा २७ जना रहेका छन् । यता होम आइसोलेसनमा ५५ हजार ८३६ जना र संस्थागत आइसोलेसनमा १ हजार ४९२ जना रहेका छन् । क्वारेन्टिनमा भने १२५ जना रहेका मन्त्रालयले जनाएको छ ।

पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५० लाख ७५ हजार नाघ्यो

मुलुकभर पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५० लाख ७५ हजार २०५ पुगेको छ, भने एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख सात हजार ८२३ पुगेको छ ।

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा आठ लाख ८७ हजार ७६९ जनामा तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा एक लाख आठ हजार ११९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com