२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

कोरोना संक्रमण न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा जोर–बिजोर प्रणाली लागू

काठमाडौं । कोरोना संक्रमण रोकथा तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा जोर–बिजोर प्रणाली लागू हुने भएको छ । उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले शुक्रबार (भोलि) रातिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

आज बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिःला अधिकारीहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम कम नभएसम्मका लागि जोर–बिजोर प्रणाली लागू गर्ने निर्ण गरेको हो ।

जोर–बिजोरलाई कडाईका साथ लागू गरिने र मानिसको आवागमन जतिसक्दो कम हुने गरी प्रशासनले आदेश जारी गरेको छ । जारी आदेशमा डिपार्टमेन्ट स्टोर, सपिङ मललगायतमा अधिकतम २० जनाभन्दा बढी प्रवेश नदिने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

त्यस्तै, सार्वजनिक सेवा लिन जाँदा तथा सार्वजनिक स्थलमा हिँड्डुल गर्न पनि खोप कार्डलाई अनिवार्य गरिएको बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com