२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

सुदूरपश्चिम प्रदेशमा थप ३८८ जनामा कोरोना पुष्टि, एकको मृत्यु

प्रकाशित माघ ९, २०७८

बैतडी । सुदूरपश्चिम प्रदेशमा शनिबार थप ३८८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३४४ जनाको नमूना परीक्षण गर्दा ३८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआरमार्फत १८८ र एन्टिजेनमार्फत २०० जनामा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १७६, डडेल्धुरा अस्पतालमा आठ, कमलबजार अस्पातालमा चार र एन्टिजेनमार्फत कञ्चनपुरका ८७, कैलालीका ५२, बाजुरामा छ, दार्चुलाका १३, बझाङका पाँच, बैतडीका सात, डडेल्धुराका १५ र अछामका १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर ३६ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का ५२ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसअघि शुक्रबार यस प्रदेशमा ५६५ जनामा सङ्क्रमण पुष्टि हुँदा २३ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१७ जनाको ज्यान गइसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com