२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

कोरोना संक्रमण बढ्दै गएपछि पाकिस्तानमा विद्यालय बन्दको घोषणा

इस्लामावाद । कोरोनाभाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानमा विद्यालय बन्द गर्ने घोषणा गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये एक हजारभन्दा बढी विरामी अहिले पनि आईसीयूमा रहेकाले सतर्कता बढाउनु परेको अधिकारीको भनाइ छ ।

महामारी थप फैलिन नदिनका लागि सरकारले देशभरीका सबै विद्यालय एक हप्ता बन्द गर्ने निर्णय गरेको हो । “सवै प्रकारका शैक्षिक संस्था एक हप्ता बन्द गराउने निर्णय भएको छ,” सरकारी निकायद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोरोनाका कारण १२ को मृत्यु भएको छ । कोरोनाका कारण पाकिस्तानमा अहिलेसम्म २९ हजार ७७ को मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।

सोही अवधिमा देशभर १३ लाख ६० हजार १९ सङ्क्रमित भएका छन् । तीमध्ये छ हजार ५४० पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमित थपिएका हुन् ।

महामारीको प्रभाव सबैभन्दा धेरै दक्षिणी सिन्ध प्रान्तमा परेको छ । पाकिस्तानमा अहिले कोरोनाभाइरसको पाँचौँ चरणको महामारी सुरु भएको सरकारी अधिकारीले घोषणा गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com