२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

मेक्सिकन अभिनेत्री एवं गायिका तानिया मेन्डोजाको गोली हानी हत्या

एजेन्सी । मेक्सिकन अभिनेत्री एवं गायिका तानिया मेन्डोजाको हत्या गरिएको छ । बीबीसीका अनुसार गत मंगलबार कोएरनाभाकास्थित एक फूटबल एकेडेमी बाहिर उभिएकी अभिनेत्री तानियाको गोली हानी हत्या गरिएको हो ।

आफ्नो ११ वर्षीय छोरालाई पर्खिरहेकी अभिनेत्री तानियामाथि मोटरसाइकलमा आएका दुई जना हतियारधारीले गोली प्रहार गरी फरार भएका थिए । हतियारधारीले अभिनेत्री तानियालाई लक्षित गरी ५–६ राउड गोरी फायर गरेका गरेका बीबीसीले जनाएको छ ।

त्यहाँको सरकारी अधिकारीको तथ्याङ्क अनुसार पछिल्लो वर्षहरुमा दैनिक कम्तिमा १० जना महिलाहरुको हत्या हुने गरेको छ । अभिनेत्री तानियाको हत्याबारे मेक्सिकन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

त्यसोत यस अगाडि सन् २०१० मा श्रीमान र छोरासहित अभिनेत्री तानिया अपहरणमा परेकी तिइन् । त्यसपछि पनि अभिनेत्री तानियाले आफूमाथि ज्यान मार्ने धम्की आइरहेको भन्दै प्रहरीमा उजुरीसमेती दिएकी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

४२ वर्षीया अभिनेत्री तानियाले सन् २००५ बाट फिल्म ‘ले मिरा डेल सुर’बाट आफ्नो करियरको सुरुवात गरेकी थिइन् । पछिल्लो समयदेखि उनी गायन क्षेत्रमा पनि सक्रिय थिइन् । तानियाले पाँच एल्वम सार्वजनिक गरिसकेकी थिइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com