२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

जापानमा सडक दुर्घटनामा दुई नेपालीको मृत्यु

जापान- जापानमा मंगलबार साँझ भएको सडक दुर्घटनामा दुई नेपालीसहित ३ जनाको मृत्यु भएको छ।

जापानको मियागी प्रिफेक्चरको कुरिहारामा हिजो साँझ बीच बाटोमा रोकिएको बसलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा तीन जनाको मृत्यु भएकोमा दुई जना नेपाली पुरुष रहेको र एक जना जापानी महिला रहेको बताइएको छ । प्रहरीले उनीहरूको नाम खुलाएङ्को छैन ।

मियागी प्रिफेक्चरको कुरिहारा सहरको तोहोकु लाइनमा पर्ने बाटोमा बस रोकिएपछि बसमा सवार सबै जना बाहिर निस्किएको र बसको बाहिर पछाडि उभिरहेका तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार बसमा सवार गरिरहेका ४० मध्ये अधिकांश नेपाली र बंगलादेशका युवा उमेरका रहेको पाइएको छ । बसमा सवार अधिकांश नेपाली हुनुको कारण काम गर्ने कम्पनीको गाडी हुन सक्ने अनुमान गरिएको छ।

दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । दुर्घटनाका कारण साँझ बन्द भएको सडक बिहान मात्र सञ्‍चालनमा आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com